सभामुख  माननीय तुलाराम घर्ति मगर

२०२५ साल साउन १५ गते तत्कालिन खुमेल गा.वि.स. हाल रोल्पा नगरपालिका ३ खुमेलमा बुवा चित्रमान घर्ती  आमा अम्मुदेवी घर्ती मगरको कोखबाट जन्म । २०४२ सालमा सपरिवार कपिलवस्तुको तत्कालिन शिवगढी गा.वि.स. हाल शिवराज नगरपालिका वडा नं. ९ शिवगढीमा बसाइ सराई । २०५५ सालदेखी नेपाली जनक्रान्तिको जिम्मेवारी सहित पाल्पामा राजनीतिक सांगठनिक कार्यक्षेत्रमा खटिएको । २०६८ सालदेखि पाल्पामा स्थायी बसोवास । २०४७ सालमा नेकपा मशालबाट राजनीति यात्रा सुरूबाट । २०७९ सालमा पाल्पा २(२) बाट लुम्बिनी प्रदेश सभा सदस्य पदमा निर्वाचत । यस अघि २०७४ मा सोही निर्वाचन क्षेत्रबाट प्रदेश सभा सदस्य पदमा निर्वाचित । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) संसदीय दलका प्रमुख सचेतक । एसएलसी सम्म औपचारिक अध्ययन । राजनीतिमा लाग्नुअघि अध्यापन ।

 

व्यक्तिगत विवरण

 

  • नाम: तुलाराम घर्ती मगर ‘बसन्त’
  • जन्म स्थान ठेगाना: रोल्पा नगरपालिका–३ खुमेल ।
  • स्थायी ठेगाना: तिनाउं गांउपालिका–३, दोभान भुतखोला, पाल्पा
  • वुबा: चित्रमान घर्ती मगर
  • आमा: अम्मुदेवी घर्ती मगर
  • श्रीमती: दिल कुमारी रोका मगर (जानुका)
  • छोरा: तुफान घर्ती मगर, बुहारीः सिर्जना राना घर्ती मगर 
  • छोरी: सम्झना घर्ती जिसि, प्रतिभा घर्ती श्रेष्ठ
  • दिदी: बेलसरी घर्ती पुन
  • बहिनी: देबु घर्ती, नौमती घर्ती, दिउमती घर्ती र मनमाली घर्ती


राजनीतिक अनुभव :-

  • ०४७ सालमा नेकपा मशालको पार्टी सदस्यता प्राप्त ।
  • २०४८ सालमा नेकपा मशालको ईलाका सदस्य , शिवगढी साइनिङ सांस्कृतिक परिवारको– सचिव ।
  • २०५१ सालमा नेकपा माओवादी कपिलवस्तुको जिल्ला सदस्य । 
  • २०५२ सालमा अखिल भारत एकता समाज दिल्ली नगर समिति सचिव । वैकल्पिक केन्द्रीय सदस्य ।
  • जनयुद्ध कालिन अवस्थामा (०५३ माघ २५ गते देखि ०६२ मंसिरसम्म) भूमिगत ।
  • ०५४ साल चैतदेखि माओवादीको पाल्पामा जिल्लामा काजमा सरुवा ।
  • २०५५ साल वैशाखदेखि पाल्पालाई कार्यक्षेत्र बनाई राजनीतिकमा ।
  • २०५६ सालमा मगर राष्ट्रिय मुक्ति मोर्चा पाल्पाको अध्यक्ष ।
  • २०५७ सालमा कालिगण्डकी मगरात स्वायत्त क्षेत्र, मगर राष्ट्रिय मुक्ति मोर्चा, नेपालको अध्यक्ष ।
  • २०५८ सालमा माओवादी पाल्पा पश्चिम कमाण्ड इन्चार्ज ।
  •  २०६० सालमा पाल्पा पार्टी सचिव ।
  • २०६१ सालमा रुपन्देही इन्चार्ज ।
  • २०६२ सालमा आधार ईलाका विशेष क्षेत्रमोर्चा अध्यक्ष र जनआन्दोलनको समयमा दाङ देउखुरी कमाण्ड इन्चार्ज ।
  • २०६४ सालमा पाल्पा क्षेत्र नम्बर १ बाट संविधान सभा सदस्य उम्मेदवार ।
  • २०७० सालमा नेकपा माओवादीको केन्द्रीय सदस्य ।
  • २० ७४ सालमा पाल्पा निर्वाचन क्षेत्र नं २(२) प्रदेश सभा सदस्य पदमा निर्वाचित । पार्टीको पाल्पा जिल्ला इन्चार्ज ।
  • २०७५ सालमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को केन्द्रीय सदस्य । पाल्पा जिल्ला इन्चार्ज ।
  • २०७८ सालमा माओवादी केन्द्रको पोलिटब्यूरो सदस्य । पाल्पा जिल्ला इन्चार्ज ।
  • २०७९ सालमा भएको प्रदेश सभाको निर्वाचनमा घर्ती पुनः पाल्पा २(ख) बाट लुम्बिनी प्रदेश सभामा निर्वाचित ।
  • २०७९ साल माघ ५ गतेदेखि लुम्बिनी प्रदेश सभाको सभामुख पदमा सर्वसम्मत निर्वाचित ।

 

सामाजिक क्षेत्रः

  • २०६५ सालमा मगरहरूको साझा संस्था नेपाल मगर संघको केन्द्रीय महासचिव । २०७० सालमा मगर संघको केन्द्रीय वरिष्ठ उपाध्यक्ष ।
  • २०६५ देखि २०७४ सम्म नेपाल अदिवासी जनजति महासंघ, संघीय परिषद् सदस्य

प्रशासनिक: 

  •  वि.सं. २०४५–२०५० सम्म श्री शिवगढी प्रावि बिजगौरी शिवगढी कपिलवस्तुको संस्थापक प्रधानाध्यापकको जिम्मेवारी सहित अध्यापन ।